आहा राराः सडनडेथमा पुलिस क्वाटरफाइनलमा « Khabarhub

आहा राराः सडनडेथमा पुलिस क्वाटरफाइनलमा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि विभागीय टोली नेपाल पुलिस क्लब आहारारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित समय १–१ र अतिरिक्त ३० मिनेटमा समेत कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो ।

जहाँ ११९औं मिनेटमा मैदान छिरेका रोशन हिरो साबित भए । प्रशिक्षक अनन्त राज थापाले गोलकिपर सञ्जीव श्रेष्ठको ठाउँमा रोशनलाई मैदान छिराएका थिए ।

रोशनले विपक्षी हिमालयन शेर्पा क्लबका पूर्णबहादुर गुरुङको प्रहार जोगाए । सडनडेथमा पुलिसका बुद्ध तामाङ र राम वाजीले सहज गोल गरे भने हिमालयन शेर्पाका जीवन गुरुङले गोल गरे ।

यसअघि पुलिसका लागि तीर्थ रानामगर र निरकुमार राईसँगै भेट्रान स्टारहरू सुमन सुवेदी र भोलानाथ सिलवालका प्रहार गोलमा परिणत भएका थिए । कपिल ढकालले प्रहार गरेको चौथो पेनाल्टी पोस्टभन्दा धेरै माथिबाट बाहिरिँदा पुलिस पहिलो पाँच पेनाल्टीमै जित हासिल गर्नबाट चुकेको थियो ।

हिमालयन शेर्पाका लागि उर्लिच सिबेले गरेको पहिलो प्रहार नै पोस्टमा लागेर फर्किँदा पुलिसको सम्भावना बलियो बनेको थियो । तर त्यसपछि त्रिदेव गुरुङ, आशिष् गुरूङ, मुतम्बा पिस्टोन र कप्तान विश्वास श्रेष्ठले लगातार गोल गर्दै खेल सडनडेथसम्म पुर्‍याएका थिए ।

यसअघि निर्धारित समयमा निरकुमार राईको गोलमा पुलिसले अग्रता लिए पनि हिमालयन शेर्पाका कप्तान विश्वासले खेल बराबरीमा ल्याएका थिए । निरकुमारले ५३औं मिनेटमा गोल गरे पनि पुलिसले त्यो अग्रता लामो समयसम्म जोगाउन सकेन । त्यसको ६ मिनेट नबित्दै हिमालयन शेर्पाका लागि विश्वासले बराबरी गोल गरे ।

अब, पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार एक खेल हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ०६ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु