आहा राराः सडनडेथमा पुलिस क्वाटरफाइनलमा « Khabarhub

आहा राराः सडनडेथमा पुलिस क्वाटरफाइनलमा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि विभागीय टोली नेपाल पुलिस क्लब आहारारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित समय १–१ र अतिरिक्त ३० मिनेटमा समेत कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो ।

जहाँ ११९औं मिनेटमा मैदान छिरेका रोशन हिरो साबित भए । प्रशिक्षक अनन्त राज थापाले गोलकिपर सञ्जीव श्रेष्ठको ठाउँमा रोशनलाई मैदान छिराएका थिए ।

रोशनले विपक्षी हिमालयन शेर्पा क्लबका पूर्णबहादुर गुरुङको प्रहार जोगाए । सडनडेथमा पुलिसका बुद्ध तामाङ र राम वाजीले सहज गोल गरे भने हिमालयन शेर्पाका जीवन गुरुङले गोल गरे ।

यसअघि पुलिसका लागि तीर्थ रानामगर र निरकुमार राईसँगै भेट्रान स्टारहरू सुमन सुवेदी र भोलानाथ सिलवालका प्रहार गोलमा परिणत भएका थिए । कपिल ढकालले प्रहार गरेको चौथो पेनाल्टी पोस्टभन्दा धेरै माथिबाट बाहिरिँदा पुलिस पहिलो पाँच पेनाल्टीमै जित हासिल गर्नबाट चुकेको थियो ।

हिमालयन शेर्पाका लागि उर्लिच सिबेले गरेको पहिलो प्रहार नै पोस्टमा लागेर फर्किँदा पुलिसको सम्भावना बलियो बनेको थियो । तर त्यसपछि त्रिदेव गुरुङ, आशिष् गुरूङ, मुतम्बा पिस्टोन र कप्तान विश्वास श्रेष्ठले लगातार गोल गर्दै खेल सडनडेथसम्म पुर्‍याएका थिए ।

यसअघि निर्धारित समयमा निरकुमार राईको गोलमा पुलिसले अग्रता लिए पनि हिमालयन शेर्पाका कप्तान विश्वासले खेल बराबरीमा ल्याएका थिए । निरकुमारले ५३औं मिनेटमा गोल गरे पनि पुलिसले त्यो अग्रता लामो समयसम्म जोगाउन सकेन । त्यसको ६ मिनेट नबित्दै हिमालयन शेर्पाका लागि विश्वासले बराबरी गोल गरे ।

अब, पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार एक खेल हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ०६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र