पत्रकार विश्वकर्माको निधनप्रति श्रमजीवी पत्रकार संघको ध्यानाकर्षण « Khabarhub

पत्रकार विश्वकर्माको निधनप्रति श्रमजीवी पत्रकार संघको ध्यानाकर्षण


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गरिएको भन्दै श्रमजीवी पत्रकार संघले संघ सिभिल अस्पतालको ध्यानाकर्षण गराएको छ ।

संघले विश्वकर्माको उपचार नगरी आइसीयु छैन भन्दै फर्काएको घटनाप्रति आपत्ति जनाउँदै छानविनको माग गरेको छ । ‘उपचार नगरिएको घटनाको उचित छानबिन गरी दोषीलाई कडा कारबाहीको मा गर्दछौं । पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालले अस्पताल गेटमा धर्ना दिने छ,’ संघका अध्यक्ष जन्मदेव जैशीले भने ।

व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आइसुलेशनमा भएकाले उनले फोनमार्फतको निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी आइतबार श्रमजीवी-पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठकबाट ठोस निर्णय गरेर न्यायका लागि पहल गर्ने अस्पताल प्रशासनले बचन दिएको उनले बताए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ५९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण