एएफसी महिला एसियन कप: इन्डोनेसियाको पोस्टमा अस्ट्रेलियाको १८ गोल « Khabarhub

एएफसी महिला एसियन कप: इन्डोनेसियाको पोस्टमा अस्ट्रेलियाको १८ गोल


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपाधि दाबेदार अस्ट्रेलियाले कमजोर मानिएको इन्डोनेसियालाई एएफसी महिला एसियन कप–२०२२ को आफ्नो पहिलो खेलमा शुक्रबार १८–० ले पराजित गरेको छ ।

युरोपेली फुटबलको अनुभव बटुलेको अस्ट्रेलियाका खेलाडी सामु भारतको मुम्बई फुटबल मैदानमा निरीह बनेको इन्डोनेसियाले कुनै पनि समय दबाब बनाउन सकेन ।

पहिलो हाफमा नौ गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप नौ गोल गरेको थियो । अस्ट्रेलियाकी साम कर एक्लैले पाँच गोल गरिन् । यस्तै भान इगमोण्ड र सिमोनले समान चार गोल गरे ।

जितसँगै अस्ट्रेलियाले समूह ‘बी’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । यस समूहमा अस्ट्रेलियासँगै फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसिया रहेका छन् ।

यस अघि आज भएको पहिलो खेलमा अर्को उपाधि दाबेदार जापानले म्यानमारलाई ५–० ले पराजित गर्‍यो । जितसँगै समूह ‘सी’ बाट जापानले तीन अंक बटुल्यो । यस समूहमा जापान र म्यानमार सहित दक्षिण कोरिया र भियतनाम रहेका छन् ।

यस अघि बिहीबारबाट सुरु भएको प्रतियोगितामा चीनले चाइनिज ताइपेलाई ४–० ले पराजित गर्दा आयोजक भारत र इरानले गोलरहित बराबरी खेल्दै अंक बाढे ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ७ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र