प्रधानमन्त्रीको सम्बोधनमा एमाले देखायो खोटैखोट « Khabarhub

प्रधानमन्त्रीको सम्बोधनमा एमाले देखायो खोटैखोट


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधन अप्राकृतिक र सत्तागठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको बताएका छन् ।

उनले सम्बोधनले कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न नसकेको आरोप लगाए । मुलुक चरम आर्थिक, सामाजिक संकटमा फस्दै गएको अवस्थालाई देउवाको सम्बोधनले पूर्णतः उपेक्षा गरेको उनको आरोप छ ।

‘गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि प्रधानमन्त्री चुक्नु भयो । विगतको सरकारले अघि सारेका कामका परिणामलाई नै आफ्नो सरकारको उपलब्धिका रूपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोसिस गरेको देखियो,’ उनले भने । गठबन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलब्धि देखाउन नसकिने उनले बताएका छन् ।

कोभिडको तेस्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको महासचिव पोखरेलको आरोप छ । ‘खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको छ । १८ वर्ष मुनिका बालबालिकाको सुरक्षाप्रति सरकार संवेदनशील देखिएन,’ उनले भने ।

लाखौं मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सूचनाका बारेमा प्रधानमन्त्रीबाट मौनता साध्ने काम भएको पोखरेलको आरोप छ । अर्थ मन्त्रालयबाट भएको भनिएको नीतिगत भ्रष्टाचारका बारेमा कुनै चर्चा नगरी त्यसलाई स्विकार्नु देउवाको कमजोरी भएको पोखरेलले बताए ।

‘कूटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशील र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका बारेमा सरकार पुरै लाचार देखियो,’ उनी भन्छन् ।

आर्थिक, कूटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पूर्वाग्रहका आधारमा राजदूत फिर्ता गरी प्रमुख विकास साझेदार चीनलगायतका मुलुकमा राजदूत नियुक्त गर्न उदासीन हुनु पनि आपत्तिको विषय भएको उनले बताएका छन् ।

स्थानीय तहको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगको सुझावलाई सम्बोधन गर्नबाटसमेत सरकार पन्छिएको उनले बताए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : ०३ बजे

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

वाशिङ्टन डीसी-– अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले आगामी बैठकमा ब्याजदर

हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण

वाशिङ्टन- अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित वाशिङ्टन हिल्टन होटलमा राष्ट्रपति डोनाल्ड

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा