प्रचुर सम्भावना तर गुमनाम ‘इन्द्रेणी झरना’ « Khabarhub

प्रचुर सम्भावना तर गुमनाम ‘इन्द्रेणी झरना’


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सीमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेकाे छ । धर्मदेवी नगरपालिका-३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना छ र यहाँ काेही पनि पुग्दैनन् ।

पूर्वको पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्धारको रुपमा रहेको वसन्तपुर बजारदेखि करिब आधा घण्टाकाे पैदल दुरी तथा मोटरसाइकलमा दशै मिनेटमा पुगिने भए पनि गुमनाम झै बनेको हो । स्थानीयवासीका साथै स्थानीय, प्रदेश र संघीय सरकारकाे आँखा नपुगेको यो झरनालाई पर्यटकीय रुपमा विकास गर्न प्रचार र संरक्षणको अभाव रहेको महालक्ष्मी-१ धनकुटाका विकास गुरुङले बताए । उनी भन्छन्, ‘यो झरना आफैमा सुन्दर छ । झरनालाई संरक्षण गर्दै सरकारको ध्यानकर्षण गर्न सकियो भने पर्यटकीय गन्तव्यकाे रुपमा विकास गर्न सकिन्छ ।’

कच्ची सडक छेउ जंगलको बीचमा रहेको झरना संरक्षणमा अहिले भने स्थानीयले चासो देखाउन थालेका छन् । झरना तीन जिल्लाको सीमाना रहेकोले तेह्रथुम, धनकुटा र संखुवासभाले संंरक्षणमा ध्यान नदिएको लालीगुराँस नगरपालिका-२ तेह्रथुमका गोपाल भुजेलले बताए । ‘झरना संखुवासभाको धर्मदेवी नगरपालिकामा पर्छ स्थानीय सरकारले चासो दिएको छैन् । अरु जिल्लाले त झन् ध्यान दिने कुरै भएन । जसका कारण ओझेलमा पर्दै आएको छ ।’ भुजलेले भने ।

घाम लागेको बेला झरनामा इन्द्रेणी देखिने भएकाले यसकाे नाम इन्द्रेणी झरना राखिएको महालक्ष्मी नगरपालिका-१ धनकुटाका कृष्ण गुरुङले बताए । कच्ची सडक झरनाको छेउसम्म पुगेपनि झरना संरक्षणको अभाव रहेको वसन्तपुरका मनिष श्रेष्ठले बताए । उनी भन्छन् ‘कच्ची सडक पुगे पनि यहाँ पूर्वाधार विकासको खाँचो छ । झरना क्षेत्रमा पुर्वाधार विकास गर्न सके पर्यटक भित्र्याउन सक्नेमा कसैकाे दुई मत छैन ।’

स्थानीय सरकार गठन भएको करिब पाँच बर्ष बित्न लाग्यो तर, यी र यस्ता पर्यटकीय गन्तव्यको विकासमा ध्यान नदिँदा सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरू ओझेलमा पर्दै आएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : ५६ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश