साउदी र कुवेतबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु « Khabarhub

साउदी र कुवेतबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा  – साउदी अरब र कुवेतबाट विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ । नेपाली दूतावासहरुले सूचना जारी गर्दै विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएका छन् ।

रियादमा रहेको नेपाली दूतावासले एक सूचना जारी गर्दै विद्युतीय राहदानी लागि आवेदन लिन सुरु गरिएको जनाउँदै राहदानीका लागि आवेदन फाराम भर्ने तरिका, प्रि-इनरोलमेन्टको अनिवार्यता, प्रि-इनरोलमेन्टको लिंक, राहदानीका लागि आवेदन गर्नका लागि चाहिने कागजातसहित अन्य विवरण र राहदानी दस्तुरशुल्क समेत समेटिएको विस्तृत विवरण प्रकाशन गरेको छ ।

दूतावासका अनुसार विद्युतीय राहदानी सिस्टम भर्खरै जडान गरिएको हुँदा शुरूवाती दिनहरूमा दूतावासमा जडित सिस्टम काठमाडौँमा रहेको सर्भरसँग बेला-बेला सम्पर्क बिच्छेद हुने, स्लो हुने वा अन्य प्राविधिक समस्या देखा पर्ने गरेको जनाएको छ ।

सिस्टममा प्राविधिक खराबी आए सेवाग्राहीलाई सेवा दिन नसकिने हुनसक्छ तसर्थ, अबको १-२ हप्तासम्म दूतावासले दैनिक सीमित संख्यामा मात्र आवेदन लिएर सिस्टम परीक्षण गर्नेछ । सिस्टमले राम्ररी काम गर्न थालेपछि मात्रै विद्युतीय राहदानीको लागि पूर्ण रूपमा आवेदन लिइने जनाएको छ ।

विद्युतीय राहदानीका लागि दूतावासले उपलब्ध गराएको लिंकबाट

प्रि-इनरोलमेन्ट गरेर आउने आवेदकहरुको मात्र विद्युतीय राहदानीका लागि आवश्यक बायोमेट्रिक विवरणसहितको लाईभ इनरोलमेन्ट प्रकृया अगाडि बढाइनेछ ।

राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, सक्कल राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपिसहित दूतावासमा आफैं उपस्थित हुनुपर्नेछ। तत्काल रियादभन्दा बाहिर कतै पनि राहदानी आवेदन संकलन शिविर नराखिने दूतावासले जनाएको छ ।

यसैगरी, कुवेतमा रहेको नेपाली दूतावासले पनि विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाउदै राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, नागरिकताको प्रतिलिपिका साथ दूतावासमा आफैं उपस्थित हुनुपर्ने छ।

राहदानी सेवा लिन दूतावासबाट अग्रिम रुपमा (अपोईमेन्ट) समय लिनुपर्ने जनाएको छ । राहदानी बनाउन आवश्यक फोटो लगायत अन्य बायोमेट्रिक विवरणहरू दूतावासमा लाइभ लिइनेछ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ४२ बजे

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

अपदस्थ राष्ट्रपति युनविरुद्ध १० वर्ष कैदको माग

सियोल- दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध सन् २०२४

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु