फागुन १८ मा नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट « Khabarhub

फागुन १८ मा नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता फागुन १८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ ।

आयोजक नेपालस्थित पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुने जानकारी दिएको हो । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।

सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको दुतावासले जनाएको छ । चार समूहमा बिभिन्न क्रिकेट क्लव तथा एकेडेमीको सहभागीता रहने बताइएको छ । चारवटै समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् । पत्रकार सम्मेलनमा नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले क्रिकेटमा युवाहरुको आकर्षण बढाउनका लागि र खेल प्रतिको भावना बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

त्यस्तै नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले नेपालको क्रिकेटम पाकिस्तानले गरेको सहयोगको चर्चा गरे ।

प्रतियोगिताको उदघाटन खेलमा पाकिस्तान दूताबासले एचके क्रिकेट क्लबविरुद्ध खेल्नेछ भने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने दुतावासले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : १५ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको