खोटाङमा स्ववियु निर्वाचनको नमुना मतदान « Khabarhub

खोटाङमा स्ववियु निर्वाचनको नमुना मतदान


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– एमाले निकट अनेरास्ववियु खोटाङले स्ववियु निर्वाचनको नमुना मतदान गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियुको निर्वाचनका विषयमा विद्यार्थीको मत सर्वेक्षणका लागि अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा सोमबार नमुना मतदान गरेको हो । नमूना मतदानमा २७८ मत खस्दा २१८ मत स्ववियु निर्वाचनको पक्षमा खसेको छ । यस्तै, स्ववियु निर्वाचनको विपक्षमा ४७ मत खसेको छ । १३ मत बदर भएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताए ।

हरेक त्रिभुवन विश्व विद्यालयमा तत्काल स्ववियु निर्वाचन गर्नुपर्ने पक्षमा दबाब सिर्जना गर्नका लागि अनेरास्ववियुले नमुना मतदान गरेको हो । लामो समयदेखि त्रिवि र मातहतका क्याम्पसमा स्ववियु रिक्त हुँदा क्याम्पसमा स्वेच्छाचारिता बढेको, विद्यार्थी र क्याम्पसबीच पुलको काम गर्ने संयन्त्रको अभावमा विद्यार्थीले समस्या झेल्नु परेकाले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने अनेरास्ववियुका अध्यक्ष संग्रामले बताए ।

‘लामो समयदेखि स्ववियुको निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचन नहुँदा क्याम्पस स्वेच्छाचारी बन्दै गएको छ । विद्यार्थी र क्याम्पसबीच पुलको अभाव छ । विद्यार्थीले थुप्रै अप्ठ्यारा खेप्नु परिरहेको छ । कतिपय विद्यार्थीलाई स्ववियुकाबारेमा जानकारी नै छैन,’ अध्यक्ष संग्रामले भने, ‘स्ववियु निर्वाचन नभएका कारण ग्रामीण भेगका कति विद्यार्थीले अप्ठ्यारो खेपिरहेका रहेछन् ? कति विद्यार्थीले स्ववियु निर्वाचन चाहन्छन् भन्ने तथ्यांक निकालेर त्रिवि र अन्य निकायमा पठाउन मत सर्वेक्षण गरिएको हो ।’

बालिग मताधिकार प्राप्त विद्यार्थीलाई आसन्न स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन तथा स्ववियु निर्वाचनमा मत हाल्ने अभ्यासका रुपमा समेत नमुना मतदान आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ३० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको