सत्ता गठबन्धनका दलले दोहोरो चरित्र देखाए– अध्यक्ष ओली « Khabarhub

सत्ता गठबन्धनका दलले दोहोरो चरित्र देखाए– अध्यक्ष ओली


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौँ दहचोकस्थीत कालु पाँडेको समाधीस्थलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा पनि आफै रहने र सडकमा पनि ढुंगा हान्न लगाएर गठबन्धनले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् ।

ओलीले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाए ।

बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेर जानकारी लिएको समेत उनले बताए । प्रहरीलाई समेत सरकारले प्रदर्शनलाई रोक्ने अधिकार नदिएको समेत ओलीले बताए ।

त्यस्तै अध्यक्ष ओलीले इतिहासको गौरबलाई मास्न नदिने र मुलुकको सार्वभौमसत्ताको रक्षा गर्ने स्पष्ट पारे ।

कार्यक्रममा बरिष्ठ साहित्यकार भूवन हरि सिग्देल, उत्तम बहादुर राउत, केदार पनेरु, डा सुनिता थापा, कविराज गिरि लगाएत १३ जनाले पृथ्वी नारायण, काजी कालु पाण्डे लगाएतसंग सम्बन्धीत शिर्षकमा कविता वाचन गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : १८ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल