एमसीसीका कारण गठबन्धन तलमाथि हुँदैन-प्रचण्ड « Khabarhub

एमसीसीका कारण गठबन्धन तलमाथि हुँदैन-प्रचण्ड


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने बताएका छन् ।

सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा प्रचण्डले गठबन्धन नटुट्ने बताए । बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसँग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केही भन्न नसक्ने तर गठबन्धन भने केही नहुने बताए ।

त्यस्तै छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थीतिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका थिए । यसलाई संशोधन गर्न सके त्यसलाई अघि बढाउनुपर्ने आफुले सुझाव दिएको उनले बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन सबै मिलेर अघि बढ्नुपर्ने आफ्नो जोड रहेको बताए । उनले एमसीसीलाई सफल बनाउन छलफल चलाएको बताए ।

एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत दलका शीर्ष नेताहरुसँगको भेटघाट गरिरहेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ३१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको