निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुग्यो « Khabarhub

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुग्यो


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुगेको छ ।

आयोगले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगमा थप तीन दल दर्ता भएको र हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको जानकारी दिएको हो ।

त्यस्तै स्थानीय तह निर्वाचन प्रयोजनका लागी सूचना प्रकाशित भए बमोजिम हालसम्म विभिन्न १० वटा दल राजनीतिक दलहरुले निर्वाचनमा भाग लिनका लागि निवेदन दिएको आयोगका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै मतदाता नामावली अद्यावधिकको बिषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानून मन्त्रालयमा सूचना सम्पादनका लागि पठाइएको उनले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले नामावली भएको आफ्नो विवरणमा त्रुटी सच्चाउन चाहे निवेदन दिन सकिने व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै आयोगले मतदाता परिचयपत्र हराए वडा कार्यालयको सिफारिस सहित सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिएर परिचय उपलव्ध गराउने व्यवस्था पनि गरिएको अर्यालले बताए ।

आयोगले प्रतिपर्धात्मक तवरले निर्वाचन सामाग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामाग्रीहरुको खरिदका लागि बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ५२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको