निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुग्यो « Khabarhub

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुग्यो


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुगेको छ ।

आयोगले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगमा थप तीन दल दर्ता भएको र हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको जानकारी दिएको हो ।

त्यस्तै स्थानीय तह निर्वाचन प्रयोजनका लागी सूचना प्रकाशित भए बमोजिम हालसम्म विभिन्न १० वटा दल राजनीतिक दलहरुले निर्वाचनमा भाग लिनका लागि निवेदन दिएको आयोगका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै मतदाता नामावली अद्यावधिकको बिषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानून मन्त्रालयमा सूचना सम्पादनका लागि पठाइएको उनले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले नामावली भएको आफ्नो विवरणमा त्रुटी सच्चाउन चाहे निवेदन दिन सकिने व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै आयोगले मतदाता परिचयपत्र हराए वडा कार्यालयको सिफारिस सहित सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिएर परिचय उपलव्ध गराउने व्यवस्था पनि गरिएको अर्यालले बताए ।

आयोगले प्रतिपर्धात्मक तवरले निर्वाचन सामाग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामाग्रीहरुको खरिदका लागि बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ५२ बजे

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही