इरानका राष्ट्रपति दुई दिने भम्रणका क्रममा कतारमा « Khabarhub

इरानका राष्ट्रपति दुई दिने भम्रणका क्रममा कतारमा


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरानका राष्ट्रपति इब्राहिम राइसी कतार पुगेका छन् ।

कतारका राजकुमार अमिरतमिम बिन हमाद अल थानीसँग उच्चस्तरीय वार्ता गर्न तथा ग्यास निर्यात गर्ने देशहरूको सगंठन(जीईसीएफ)मा सहभागी हुन राष्ट्रपति राइसी कतार पुगेका हुन् ।

राष्ट्रपति राइसी दुई भम्रणका क्रममा त्यहाँ उच्च राजनीतिक भेटवार्ता गर्नेछन् । कतारको विमानस्थलमा सञ्चारकर्मीसगँ कुरा गर्दै राष्ट्रपति राइसीले दुई देशको राजनीतिक तथा आर्थिक पक्षमा थप सुदृढ हुनेमा आफु विश्वस्त रहेको बताएका थिए ।

इरानका सडक तथा यातायात मन्त्री रोस्तम घासेमीका अनुसार दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर हुनेछ । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको पानीमुनि सुरुङमार्फत इरान र कतारलाई जोड्ने योजनामा सम्झौता हुनेछ ।

यस्तै अन्य दुईवटा सम्झौता शिपिंग र सामुद्रिक व्यापारलाई बढावा दिने तथा चौथो दुई देशबीचको हवाई यात्रामा सुधार गर्ने विषयमा पनि हस्ताक्षर हुने ताइएको छ ।

यस्तै भोलि हुने (जीईसीएफ) शिखर सम्मेलनमा उनले इरानको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ । इरानमा विश्वको दोस्रो ठूलो प्राकृतिक ग्यास भण्डार रुपमा रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : २१ बजे

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने