देशको सबैभन्दा होचो ठाउँ मुखियापट्टीमा भ्युटावर बन्ने « Khabarhub

देशको सबैभन्दा होचो ठाउँ मुखियापट्टीमा भ्युटावर बन्ने


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेश सरकारले देशको सबैभन्दा होचो ठाउँ धनुषाको मुखियापट्टी मुसहरनियामा भ्युटावर निर्माण गर्न लागेको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ को बेलहीमा मधेश सरकारले ९० फिटको भ्युटावर बनाउन लागेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले जनाएका छन् ।

भ्युटावर, पिकनिक स्पट, बासस्थानसहित अन्य पूर्वाधार निर्माणका लागि १४ कठ्ठा जमिन छुट्याइएको छ ।

करिब ७ करोड खर्चिएर निर्माण हुन लागेको भ्युटावरसहितका संरचना तीन वर्षमा बनाइसक्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

देशकै होचो ठाउँ भएकाले पर्यटकका लागि गन्तव्यस्थल बन्ने विश्वास लिइएको छ ।

यसैबीच, सोमबार नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, मन्त्री यादवसहित प्राविधिक टोलीले यस क्षेत्रको अनुगमन गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : २४ बजे

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा