रुकुम र बैतडीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु « Khabarhub

रुकुम र बैतडीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–६ मनकाबगरमा हाल नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्रकमा सवार सुर्खेत बराहताल गाउँपालिका–३ बस्ने २६ वर्षीय  निरज बिष्ट छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो । 

आइतबार राती ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकमा सवार २ जना घाइते भएका छन् भने बेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

यस्तै, बैतडीको पाटन नगरपालिका–६ पाटनमा से.१ ख १२४२ नम्बरको मिनी ट्रक ब्याक गर्ने क्रममा आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकमा सवार सूर्नया गाउँपालिका–३ बस्ने २५ वर्षीया दुर्गा चन्द रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडी हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ पठाइएको छ  । अन्य ३ जना घाइते प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ। 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : २६ बजे

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू