चीनमा १३३ जना सवार विमान दुर्घटनाग्रस्त « Khabarhub

चीनमा १३३ जना सवार विमान दुर्घटनाग्रस्त


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा १३३ जना सवार विमान दुर्घटनामा परेको छ । दक्षिणी चीनको गुआङ्शी प्रान्तको पहाडी इलाकामा विमान दुर्घटनामा परेको बताइएको छ ।

चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान युनान प्रान्तको कुन्मिङ शहरबाट गुआङडोङ प्रान्तको ग्वाङजाउ शहरतर्फ उडिरहेका बेला दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा आगलागी समेत भएको चीनको सरकार नियन्त्रित सीसीटिभी च्यानलले जनाएको छ ।

उद्धारकर्ताहरु दुर्घटनास्थल पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि दुर्घटनामा भएको मानवीय क्षतिबारे केही विवरण सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : २१ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम