लेटाङ घटनाबारे बुझ्न मोरङका सीडीओ घटनास्थलमा | Khabarhub Khabarhub

लेटाङ घटनाबारे बुझ्न मोरङका सीडीओ घटनास्थलमा


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकायका प्रमुखसहित घटनास्थलमा पुगेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष भुमसूर्य मगरले अहिले उक्त क्षेत्रको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी घटनास्थलमा आएको बताए ।

सिडिओ दाहालले त्यहाँका स्थानीय जनप्रतिनिधि तथा स्थानीयसँग घटनामा संलग्नलाई कारबाही गर्न सहजीकरण गर्न अनुरोध गरे । ‘जे नहुनु थियो त्यही भयो । यसमा दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ । त्यसका लागि तपाईंहरूले सहजीकरण गरिदिनुपर्‍यो भन्नु भएको छ,’ वडाध्यक्ष मगरले भने

लेटाङमा साेमबार बिहानदेखि लगाइएको कर्फ्यू हटाउने विषयमा पनि सिडिओ दाहालले जनप्रतिनिधिसँग छलफल गरेका छन् । ‘कर्फ्यूलाई कसरी हटाउन सकिन्छ ? त्यसका लागि कसले के गर्नुपर्छ, आफ्नो भूमिका अनुसार प्रस्तुत हुनुपर्‍यो भन्नुभयो,’ वडाअध्यक्ष मगरले भने

कर्फ्यू  लागेपछि अहिले उक्त क्षेत्र सुनसान बनेको छ । स्थानीय निकै त्रसित बनेका छन् । प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लेटाङको शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गर्दै विरोध प्रदर्शन गरेका थिए ।

शिक्षक पौडेललाई पक्राउ गरेर प्रहरीले लैजाने क्रममा स्थानीयले अवरोध गरेका थिए । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या गरिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : २७ बजे

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना