चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै « Khabarhub

चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी को नेपाल भ्रमणको मिति घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै उनले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने जनाएको हो ।

‘परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । दुबै देशका विदेशमन्त्रीको उपस्थितीमा चैत १२ गते काठमाडौँमा नेपाल–चीन उच्चस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्रले जनाएको छ ।

नेपाल भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : १० बजे

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने