प्रदेश र स्थानीय तहलाई दिने समानिकरण अनुदानको सीमा स्वीकृत | Khabarhub Khabarhub

प्रदेश र स्थानीय तहलाई दिने समानिकरण अनुदानको सीमा स्वीकृत


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा लगायत अनुदान वितरणको सीमा स्वीकृत गरेको छ ।

मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा, हिस्सा तथा बित्तिय समानिकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए।

मन्त्री परिषद्ले नेपाल पारावाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटको महा प्रवन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गरेको छ भने विद्युत नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंंगोललाई नियुक्त गरेको छ । त्यस्तै हाइलेज एक्स्पोर्ट फ्रम नेपाल टु चाइन सम्बन्धी समझदारी पत्रमा चीनसँग सम्झौता गर्न कृषि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए।

त्यस्तै खानेपानी मन्त्रालय अन्तर्गत निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने र प्रहरी १० औं संशोधन नियमावली स्वीकृत गर्ने निर्णय भएको उनले बताए। बैठकले साविक बिराटनगर नगर बिकास समितिको क्षेत्र संशोधन गरि हालको बिराटनगर महानगरपालिकाको चार किल्लाभित्र सिमित रहने गरी नगर विकास ऐन २०४५ को दफा ४ बमोजिम बिराटनगर नगर विकास समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।

त्यस्तै बैठकले पाँचौ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडा पत्र लगाएत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ भने कैलालीको घनगढीमा फोहरपानी प्रसोधन केन्द्र निर्माणको कार्य अघि बढाउन स्वीकृत दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ०२ बजे

‘पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक’ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई  जीवनयापनको

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा किन हच्किए ठूला दल ? 

नेपालको राजनीतिमा आज बहसको केन्द्रमा छ – प्रत्यक्ष निर्वाचित कार्यकारी

सनराज म्युचुअल फण्डले १४ प्रतिशत लाभांश दिने 

काठमाडौं– लक्ष्मी सनराज बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी सनराज क्यापिटलको योजना

मञ्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत

अब नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर