कान्ति बाल अस्पतालद्वारा बच्चाहरुको लागि छातीरोग सम्बधि उपचार सुरु « Khabarhub

कान्ति बाल अस्पतालद्वारा बच्चाहरुको लागि छातीरोग सम्बधि उपचार सुरु


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कान्ति बाल अस्पतालले बच्चाहरुको लागि छातीरोग सम्बन्धी उपचार (पेडियाट्रिक पल्मोनोलोजी ओपिडी) सुरु गरेको छ । पेडियाट्रिक पल्मोनोलोजी एण्ड इन्टेन्सिभ केयरमा डीएम गरेका नेपालकै पहिलो पेडियाट्रिक पल्मोनोलोजिष्ट डा जगतजीवन घिमिरे नेतृत्वको टोलीले यो सेवा सुरु गरेको हो ।

कान्तिमा यसअघि सामान्य रुपमा दम क्लिनिक सञ्चालन थियो । अब भने बच्चाहरुको पल्मोनोलोजी सम्बन्धि सबै उपचार हुनेछ ।

 हामीले पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सुरु गरेका छौँ । यसअघि दमको मात्रै जाँच हुन्थ्यो । त्यो भनेको पल्मोनोलोजी भित्रको एउटा स्वास्थ्य समस्या भयो । अब पल्मोनोलोजी भित्र पर्ने सबै स्वास्थ्य समस्याको निदान तथा उपचार हुन्छ,’ डा घिमिरेले भने ।

उनले पल्मोनोलोजी ओपिडी अन्तर्गत अर्को महत्वपूर्ण मानिने ब्रोन्कोस्कोपिक सेवा पनि छिटै सुरु गर्ने बताए ।

 अहिले चलिरहेको पीआईसीयूमा समेत थप उपकरण राखेर अझ व्यवस्थित गर्न लागेको समेत जानकारी डा घिमिरेले दिए । उनले  ओपिडीमा बच्चामा हुने दम, निमोनिया, सास फेर्न गाह्रो हुने, निद्राको समस्या, निद्रामा घुर्ने लगायतका छातीरोग सम्बन्धी सबै उपचार हुने  बताए ।

आज देखि सुरु भएको पेडियाट्रिक पल्मोनोलोजी ओपिडी अहिले हप्तामा दुई दिन सोमबार र बिहीबार सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : २७ बजे

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू