शाहविरुद्धको अनुसन्धान सकियो « Khabarhub

शाहविरुद्धको अनुसन्धान सकियो


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत फागुन १५ गतेदेखि नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ ।

अनुसन्धान सकेर तनहुँ प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाएको छ ।

’आइतबार नै हामीलाई प्रहरीले राय बुझाउनु भएको हो,’जिल्ला सरकारी वकिलका एक कर्मचारीले भने ,’आज या भोलि मुद्दा दर्ता हुँदैछ ।’ प्रहरीले अनुसन्धान थालेको २१ दिन पछि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको हो ।

शाहविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन, दोस्रो पटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको थियो।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ३६ बजे

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू