नेकपा एमालेले तय गर्‍यो उम्मेदवारको मापदण्ड | Khabarhub Khabarhub

नेकपा एमालेले तय गर्‍यो उम्मेदवारको मापदण्ड


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको उम्मेदवारका लागि मापदण्ड तय गरेको छ ।सोमबार बसेको पोलिटब्युरो बैठकले पार्टीका तर्फबाट उम्मेदवार बन्नका लागि मापदण्ड तय गरेको हो ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको जानकारी दिए ।

‘आजको बैठकमा उम्मेदवार छान्दा अपनाइने मापदण्डका विषयमा छलफल भयो । त्यसमा हामीले विभिन्न आधार अघि सारेका छौँ, उनले भने ।पार्टीले अघि सारेको पहिलो मापदण्ड भनेको उम्मेदवारले पार्टीको नीति तथा कार्यक्रमप्रतिको प्रतिबद्धता हो । त्यस्तै जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेको हकमा भने उनीहरूको कामको मूल्यांकन नै प्रमुख मापदण्ड मानिने उनले बताए ।

त्यस्तै उम्मेदवारको कार्यक्षमता र विकास तथा र सुशासनप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुरालाई पनि हेरिने उपमहासचिवसमेत रहेका प्रमुख गुरुङले बताए ।

उम्मेदवारको लोकप्रियता र विजयी हुने सुनिश्चितता पनि हेरिने उनको भनाइ छ । पार्टीद्वारा सञ्चालित आन्दोलनहरूमा उसले पुर्‍याएको योगदान र पार्टीप्रति उसको निष्ठा र नेपालको संविधानअनुसार सन्तुलन र समावेशिताका पनि मापदण्डमा राखिएको छ ।

बैठकमा उम्मेदवार सिफारिस प्रक्रिया र विधिका बारेमा समेत छलफल भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्ष र अन्य पदाधिकारीको हकमा वडा कमिटीको सिफारिसको आधारमा पालिका कमिटीले निर्णय गर्नेछ ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको हकमा गाउँपालिका कमिटीको सुझावमा जिल्ला कमिटीले सिफारिस गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने गुरुङले बताए ।

नगरपालिकाको मेयर र उपमेयरको हकमा पनि प्रदेश कमिटीले निर्णय गर्नेछ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर उपमेयरको हकमा प्रदेश कमिटीको सिफारिसको आधारमा केन्द्रीय कमिटीले निर्णय गर्ने प्रमुख गुरुङले बताए ।

उम्मेदवार सिफारिस गर्दा कम्तिमा एक महिलासहित तीन जना लक्षित समूहको सिफारिस गर्नुपर्ने मापदण्ड नेकपा एमालेको रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ४५ बजे

‘पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक’ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई  जीवनयापनको

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा किन हच्किए ठूला दल ? 

नेपालको राजनीतिमा आज बहसको केन्द्रमा छ – प्रत्यक्ष निर्वाचित कार्यकारी

सनराज म्युचुअल फण्डले १४ प्रतिशत लाभांश दिने 

काठमाडौं– लक्ष्मी सनराज बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी सनराज क्यापिटलको योजना

मञ्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत

अब नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर