नेकपा एमालेले तय गर्‍यो उम्मेदवारको मापदण्ड « Khabarhub

नेकपा एमालेले तय गर्‍यो उम्मेदवारको मापदण्ड


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको उम्मेदवारका लागि मापदण्ड तय गरेको छ ।सोमबार बसेको पोलिटब्युरो बैठकले पार्टीका तर्फबाट उम्मेदवार बन्नका लागि मापदण्ड तय गरेको हो ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको जानकारी दिए ।

‘आजको बैठकमा उम्मेदवार छान्दा अपनाइने मापदण्डका विषयमा छलफल भयो । त्यसमा हामीले विभिन्न आधार अघि सारेका छौँ, उनले भने ।पार्टीले अघि सारेको पहिलो मापदण्ड भनेको उम्मेदवारले पार्टीको नीति तथा कार्यक्रमप्रतिको प्रतिबद्धता हो । त्यस्तै जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेको हकमा भने उनीहरूको कामको मूल्यांकन नै प्रमुख मापदण्ड मानिने उनले बताए ।

त्यस्तै उम्मेदवारको कार्यक्षमता र विकास तथा र सुशासनप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुरालाई पनि हेरिने उपमहासचिवसमेत रहेका प्रमुख गुरुङले बताए ।

उम्मेदवारको लोकप्रियता र विजयी हुने सुनिश्चितता पनि हेरिने उनको भनाइ छ । पार्टीद्वारा सञ्चालित आन्दोलनहरूमा उसले पुर्‍याएको योगदान र पार्टीप्रति उसको निष्ठा र नेपालको संविधानअनुसार सन्तुलन र समावेशिताका पनि मापदण्डमा राखिएको छ ।

बैठकमा उम्मेदवार सिफारिस प्रक्रिया र विधिका बारेमा समेत छलफल भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्ष र अन्य पदाधिकारीको हकमा वडा कमिटीको सिफारिसको आधारमा पालिका कमिटीले निर्णय गर्नेछ ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको हकमा गाउँपालिका कमिटीको सुझावमा जिल्ला कमिटीले सिफारिस गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने गुरुङले बताए ।

नगरपालिकाको मेयर र उपमेयरको हकमा पनि प्रदेश कमिटीले निर्णय गर्नेछ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर उपमेयरको हकमा प्रदेश कमिटीको सिफारिसको आधारमा केन्द्रीय कमिटीले निर्णय गर्ने प्रमुख गुरुङले बताए ।

उम्मेदवार सिफारिस गर्दा कम्तिमा एक महिलासहित तीन जना लक्षित समूहको सिफारिस गर्नुपर्ने मापदण्ड नेकपा एमालेको रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ४५ बजे

क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई

रानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

पेरिस – तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट

एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

कांग्रेसले भन्यो : कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की

बालबालिकाको पहिचान सार्वजनिक नगर्न अदालतको अन्तरिम आदेश

नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा