पाँचथरको तुम्बेवास्थित खानेपानी आयोजनाको प्रधानमन्त्रीबाट उद्घाटन « Khabarhub

पाँचथरको तुम्बेवास्थित खानेपानी आयोजनाको प्रधानमन्त्रीबाट उद्घाटन


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवामा निर्माणाधीन बृहत् पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

सोमबार तुम्बेवा गाउँपालिका–३ मौवा बजारस्थित इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको धारा खोलेर प्रधानमन्त्री देउवाले आयोजनाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पु¥याउनु सरकारको दायित्व रहेको बताए ।

उनले खानेपानीको अभाव अन्त्य गर्न स्थानीयस्तरका मुहानमा आधारित साना र मझौला आयोजना निर्माणमा जोड दिनुपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले चालु १५ औँ पञ्चवर्षीयको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताए ।

तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का एक हजार ६ सय ४ घरधुरीमा खानेपानी पु¥याउने उद्देश्यका साथ आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ ।

संघीय खानेपानी तथा ढल निकास आयोजना इलामका प्रमुख सुरतलाल चौधरीका अनुसार एक हजार ६०४ घरधुरीमध्ये हालसम्म ९०४ घरधुरीमा पाइपलाइन विस्तार भएको छ ।
त्यस्तै, मौवा बजारका करिब ४० घरमा खानेपानी वितरण सुरुवात भएको छ ।

चौधरीका अनुसार आयोजनाको हालसम्म करिब ९५ प्रतिशत भौतिक प्रगति हासिल भए पनि उपभोक्ता समिति, तुम्बेवा गाउँपालिका तथा अन्य सरोकारवालाको आग्रहमा आयोजनाको उद्घाटन गरिएको हो ।

असार २०७४ बाट आयोजना निर्माण थालिएको थियो । ४५ करोड २० लाख नौ हजार ४०६ रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : ०५ बजे

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी)

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम