निलम्वित सांसद् बानियाँविरुद्ध बलात्कार मुद्दामा अभियोग पत्र दायर « Khabarhub

निलम्वित सांसद् बानियाँविरुद्ध बलात्कार मुद्दामा अभियोग पत्र दायर


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेकपा एमालेका निलम्वित सांसद् मोहनलाल बानियाँ मुछिएको बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेले अदालतमा अभियोग पत्र दायर गरेको छ ।

अभियोग पत्रमा बानियाँले जाहेरीकर्ता सुर्खेतकी एक महिलालाई नेपालगञ्ज–२ को अप्सरा होटलमा गत १८ माघमा बलात्कार गरेको तथ्य पुष्टि भएको उल्लेख छ ।

महिला होटलको २१५ नम्बर कोटामा सुतिरहेका बेला बानियाँले बिहानको अन्दाजी ५ बजेतिर बलात्कार गरेको अभियोग पत्रमा भनिएको छ ।

सरकारी वकिल कार्यालय बाँकेका अनुसार बानियाँले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) अनुसारको कसुर गरेको तथ्यबाट पुष्टि भएको छ ।

‘…सुर्खेतबाट नेपालगञ्ज ल्याई नेपालगञ्ज–२ स्थित रहेको होटल अप्सराको कोठा नं.२१५ मा राखेकोमा निजले ऐ.१९ गते विहान अन्दाजी ५ः०० बजेको समयमा जाहेरवाली सुतेकै बेला पैसा आइसक्यो ढोका खोल भनि भनेको हुँदा जाहेरवालीले ढोका खोल्दा साथ निज प्रतिवादी मोहनलाल बानियाँ जाहेरवालीको कोठामा प्रवेश गरी जाहेरवालीलाई डर, त्रास र धम्की दिई जबर्जस्ती करणी गरेको तथ्य पुष्टि हुन आएको हुँदा प्रतिवादी मोहन बानियाँले मुलुकी अपराध संहिता, २०७४ को दफा (२१९) (१) विपरीत दफा (२१९) (२) बमोजिमको जबर्जस्ती करणीको कसूर गरेको पुष्टि हुन आयो’, सोमबार अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ ।

सरकारी वकिल कार्यालयले पीडित महिलालाई मनासिव क्षतिपूर्ति दिलाउन र संहिताको २१९ (३) (ङ) अनुसार सजायको माग दाबी पनि गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : २२ बजे

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति