सौगात भन्छन्, ’हिमाल मन पर्छ’ « Khabarhub

सौगात भन्छन्, ’हिमाल मन पर्छ’


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता सौगात मल्लले आफुलाई हिमाल मन पर्ने बताएका छन् । तराईमा जन्मिएको भएता पनि पहिलोपटक फिल्म ’कागबेनी’ छायांकनको लागि हिमाल पुगेका सौगातले त्यसयता आफुलाई हिमालले तानेको बताए । ’म फुर्सद हुँदा पनि हिमालमा घुमघाम गर्न रुचाउँछु । हिमाल र त्यहाँको सुन्दरतामा छुटै आनन्द छ’ सौगातले भने । उनी अभिनित रिलिजको क्रममा रहेको फिल्म ’मन्त्र’ को ट्रेलर रिलिज कार्यक्रममा उनले हिमाली जीवन मन पर्ने बताएका हुन् । फिल्ममा उनले हिमाली भेगको एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

हिमाली प्रेम कथामा आधारित भनिएको फिल्म ’मन्त्र’ मा उनले मनास्लुको काँखमा रागेको गाउँमा झन्डै २५ दिन बिताएका थिए । ’त्यहाँको कल्चर पनि बुझियो । घोडा कुदाइयो । निकै रमाइलो भयो’ सौगातले भने । सौगात झैँ फिल्मका अर्का पात्र बुद्धि तामाङले पनि हिमाली सुन्दरताले आँखालाई शितलता दिने बताए । ’फिल्मको कथाले मन छुन्छ र आँखालाई दृश्यले शितलता दिन्छ’ बुद्धिले भने । फिल्ममा सौगात र बुद्धिसँगै दीया पुनको मुख्य भूमिका रहेको छ । कथा यी तिनकै वरपर घुमेको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको फिल्म २०७९ साल बैशाख १६ गते बाट प्रदर्शनमा आउनेछ। फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउनेछन् । गोर्खा जिल्लाको चुमनुब्री सामागाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

यसमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्मलाई मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : ३० बजे

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण