१५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी « Khabarhub

१५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले आक्रमण थालेयता युक्रेनमा १५ हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएयता १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको हो ।

यसका साथै रुसका ४९८ ट्याङ्क, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ८० मल्टिपल लन्च रकेट सिस्टम र ४५ वटा हवाई प्रतिरोधी प्रणाली ध्वस्त पारिएको युक्रेनी दाबी छ ।

यसबाहेक युक्रेनले ९७ लडाकु विमान, १२१ हेलिकोप्टर र २४ वटा चालकरहित हवाई उपकरण (ड्रोन) पनि ध्वस्त पारिएको दाबी गरेको छ ।

यद्यपि युक्रेनी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : २७ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको