१५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी « Khabarhub

१५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले आक्रमण थालेयता युक्रेनमा १५ हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएयता १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको हो ।

यसका साथै रुसका ४९८ ट्याङ्क, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ८० मल्टिपल लन्च रकेट सिस्टम र ४५ वटा हवाई प्रतिरोधी प्रणाली ध्वस्त पारिएको युक्रेनी दाबी छ ।

यसबाहेक युक्रेनले ९७ लडाकु विमान, १२१ हेलिकोप्टर र २४ वटा चालकरहित हवाई उपकरण (ड्रोन) पनि ध्वस्त पारिएको दाबी गरेको छ ।

यद्यपि युक्रेनी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : २७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस