नेपाल यूएईसँग ९९ रनले पराजित « Khabarhub

नेपाल यूएईसँग ९९ रनले पराजित


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ९९ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले दिएको दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय तीन रनमै समेटियो ।

नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । यसबाहेक, आरिफ शेख र सोमपाल कामीले समान १५ सँगै विनोद भण्डारीले १२ रन बनाउनु बाहेक नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाल ओपनरद्वय पवन सर्राफ र कुशल भुर्तेल क्रमशः दुई र पाँच रनमा पभेलियन फर्किदा दीपेन्द्रसिंह ऐरी ‘गोल्डेन डक’ आउट भएका थिए ।यस्तै, रोहितकुमार पौडेल नौ, करण केसी चार र विक्रम सोब एक रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने सुन्य रनमा अविजित रहे ।

युएईका जुनैद सिद्दिकीले सर्वाधिक तीन विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै २२ रन खर्चिए । यस्तै, कासिफ दाउद र अहमेद राजाले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रनको योगफल खडा गरेको थियो ।

युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । उनले ७३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसबाहेक, मुहम्मद वसिमले ३३, चिराग सुरीले २६, भ्रित्या अरविन्दले २४ र अलिसन सराफुले २१ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र करण केसीले समान दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।

शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो । त्यसअघि नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो ।

डिभिजन २ मा १८ खेलबाट २२ अंक जोडेको युएई तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ११ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : ४२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार