एन्जर्समाथि पीएसजीको सहज जित, उपाधिका लागि पर्खनु पर्ने « Khabarhub

एन्जर्समाथि पीएसजीको सहज जित, उपाधिका लागि पर्खनु पर्ने


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई ३-० गोल अन्तरले हराएको छ ।

बुधबार राति भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले एक-एक गोल गरे ।

खेलको २८ औं मिनेटमा एमबाप्पे सुरुआती अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा रामोसले अग्रता दोब्बर पारे ।

खेलको ७७ औं मिनेटमा मार्क्विन्होसले गोल गरेका थिए । जितसँगै ३३ खेलमा ७७ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहेको छ ।

उपाधि जित्न भने पीएसजीलाई अर्को खेल कुरेको छ । दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि पीएसजीले उपाधिका लागि कुर्नु पर्ने भएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ७ : २५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।