मारिउपोल जितेको पुटिनको दाबी « Khabarhub

मारिउपोल जितेको पुटिनको दाबी


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मारिउपोल शहरमा आफ्ना सैनिक विजयी भएको दाबी गरेका छन् । रक्षामन्त्री सर्गेई सोइगुसँग टेलिभिजनमा प्रसारित भेटवार्ताका क्रममा पुटिनले यस्तो दाबी गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार झण्डै दुई महिना लामो रुसी घेराबन्दीमा परेको मारिउपोल शहरलाई ‘मुक्त गरेको’ पुटिनले दाबी गरेका हुन् ।

उक्त शहरको अधिकांश क्षेत्र रुसी फौजको नियन्त्रणमा पुगेको भएपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने रुसी र युक्रेनी फौजबीच भीषण लडाइँहरू भइरहेको बताइएको छ ।

यता रक्षामन्त्रीसँगको भेटवार्ताका क्रममा पुटिनले भने उक्त क्षेत्रमा आक्रमण गर्नुको आवश्यकता नरहेको बताए । ‘म औद्योगिक क्षेत्रमा प्रस्तावित आक्रमण अनावश्यक देख्छु ।’ उनले रक्षामन्त्री सोइगुसँग भने, ‘यो रद्द गर्न म तपाईंलाई निर्देशन दिन्छु ।’

‘यस्ता केटाकुम्ब (भूमिगत चिहानघारी) मा चढ्नु र औद्योगिक क्षेत्रमा भूमिगत भएर घिस्रिन आवश्यक छैन ।’ उनले भने, ‘झिँगा पनि उम्किन नसक्नेगरी यसलाई बन्द गर्नुहोस् ।’

सोइगुका अनुसार मारिउपोलको युक्रेनी फौज नियन्त्रित क्षेत्रमा अझै २ हजार युक्रेनी सैनिक छन् । पुटिनले ती युक्रेनी फौजलाई आत्मसमर्पण गर्न समेत आग्रह गरे । आत्मसमर्पण गरेको खण्डमा रुसले उनीहरूको इज्जत गर्ने बताए ।

रोयटर्सले जनाएअनुसार युक्रेनी रक्षामन्त्रालयकी प्रवक्ताले पुटिनको भनाइले उनको ‘बौलाहा प्रवृत्ति’ उजागर गरेको टिपप्णी गरिन् । यसबाहेक युक्रेनी पक्षबाट यसबारे कुनै प्रतिक्रिया नआएको जनाइएको छ ।
 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ५ : ०७ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा