सी जिन्पिङद्वारा ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव « Khabarhub

सी जिन्पिङद्वारा ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव गरेका छन् ।

चीनको हाइनान टापुस्थित बोआओ शहरमा आयोजित बोआओ एसिया मञ्चमा बोल्दै राष्ट्रपति सीले नयाँ ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यद्यपि प्रस्तावित सुरक्षा पहलको विशेषता तथा यसबारे विस्तृत विवरण भने सीले उपलब्ध नगराएको जनाइएको छ ।

उनले हरेक मुलुकको ‘जायज’ सुरक्षा चासोलाई ख्याल गर्दै विश्वले सबै मुलुकको सार्वभौमिकता एवम् भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने बताए ।

‘हामीले सुरक्षा अखण्डताको सिद्धान्तको पालना; सन्तुलित, प्रभावकारी एवम् दिगो सुरक्षा पूर्वाधारको निर्माण र अरु असुरक्षित हुनेगरि राष्ट्रिय सुरक्षा निर्माण गर्ने नीतिको विरोध गर्नुपर्दछ ।’ सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरुले रुसविरुद्ध प्रतिबन्धको घोषणा गरेको सन्दर्भमा कुनै मुलुकको नाम नलिई टिप्पणी गर्दै उनले एकपक्षीय प्रतिबन्धको पनि आलोचना गरे ।

चीनले लामो समयदेखि पश्चिमा मुलुकहरूले घोषणा गर्ने यस्ता प्रतिबन्धको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ६ : ०८ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा