सी जिन्पिङद्वारा ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव « Khabarhub

सी जिन्पिङद्वारा ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव गरेका छन् ।

चीनको हाइनान टापुस्थित बोआओ शहरमा आयोजित बोआओ एसिया मञ्चमा बोल्दै राष्ट्रपति सीले नयाँ ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यद्यपि प्रस्तावित सुरक्षा पहलको विशेषता तथा यसबारे विस्तृत विवरण भने सीले उपलब्ध नगराएको जनाइएको छ ।

उनले हरेक मुलुकको ‘जायज’ सुरक्षा चासोलाई ख्याल गर्दै विश्वले सबै मुलुकको सार्वभौमिकता एवम् भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने बताए ।

‘हामीले सुरक्षा अखण्डताको सिद्धान्तको पालना; सन्तुलित, प्रभावकारी एवम् दिगो सुरक्षा पूर्वाधारको निर्माण र अरु असुरक्षित हुनेगरि राष्ट्रिय सुरक्षा निर्माण गर्ने नीतिको विरोध गर्नुपर्दछ ।’ सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरुले रुसविरुद्ध प्रतिबन्धको घोषणा गरेको सन्दर्भमा कुनै मुलुकको नाम नलिई टिप्पणी गर्दै उनले एकपक्षीय प्रतिबन्धको पनि आलोचना गरे ।

चीनले लामो समयदेखि पश्चिमा मुलुकहरूले घोषणा गर्ने यस्ता प्रतिबन्धको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ६ : ०८ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री