अध्यक्ष तिमिल्सिना र डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोसबीच भेट « Khabarhub

अध्यक्ष तिमिल्सिना र डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोसबीच भेट


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा. टेड्रोस तीनदिने भ्रमणका क्रममा आज नेपाल आएका हुन् ।

डा. टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको कठिन समयमा संसारभरिका मानिसको जीवन बचाउनका लागि डब्ल्यूएचओले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

डब्ल्यूएचओले स्थापनादेखि नै सम्पूर्ण विश्वको जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद दिए ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले विश्वभर कोभिडविरुद्धको खोपको समान वितरण हुनुपर्ने जोड दिँदै विशेषगरी केही अफ्रिकी तथा अल्पविकसित मुलुकमा समान वितरण नभएको भन्ने आवाज उठेकोप्रति ध्यानाकर्षण गराए ।

उनले अन्तर व्यवस्थापिका सङ्घको १४४ औँ सम्मेलनमा समेत यो विषय उठेको जानकारी गराउँदै यसमा डब्ल्यूएचओले ध्यान दिनुपर्ने बताए ।

उनले नेपालको संविधानले राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले सबै नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन सरकार लागिपरेको समेत बताए ।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले महानिर्देशक डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि भएको मनोनयनलाई नेपालको तर्फबाट समर्थन गर्दै सफल कार्यकालको शुभकामना दिए ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले नेपालको संसद्को नेतृत्वकर्ताका रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए ।

उनले आज स्वास्थ्यमन्त्री खतिवडासँग समेत भेटवार्ता गरेका थिए ।

भोलि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १० : १४ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष