आज २०७९ साल जेठ ७ गते शनिबारको राशिफल « Khabarhub

आज २०७९ साल जेठ ७ गते शनिबारको राशिफल


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ ७ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : प्रेममा सफलता मिल्नेछ। दैनिकी सहज हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ। आफन्तबाट नै जोगिनुपर्ने समय छ।

वृष : बोलीका कारण कटुता बढ्ने भएकाले बोल्दा ख्याल गर्नुहोला। शैक्षिक क्षेत्रमा धेरै राम्रो छ। प्रेममा भने धोका पाइनेछ।

मिथुन : घर सामाजमा प्रभाव बढ्नेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी बढ्नेछन्। धार्मिक क्षेत्रबाट लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा राम्रो छ। प्रेममा सफलता मिल्नेछ।

कर्कट : उत्साह बढ्नेछ। दम्पत्तिले मिलेर गरेको कामबाट ठूलो फाइदा मिल्नेछ। पन्छीलाई अन्न दान गरे लाभ मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आम्दानी हुनेछ। श्रीमान श्रीमतीबीचको सम्बन्ध सुमधुर रहनेछ।

कन्या : प्रतिस्पर्धी निस्तेज हुनेछन्। राजनीतिमा नाम, दाम र सम्मान मिल्नेछ। विद्या, वुद्धि र परिवारको माध्यमबाट गर्ने काममा सफलता मिल्नेछ।

तुला : मानसम्मान बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। अरु क्षेत्र यथावत छ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ।

वृश्चिक : आफ्नै दैनिकीबाहेक नयाँ कामको थालनी नगरेकै राम्रो छ। लामो यात्रा पनि ननिस्कनुहोला। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो लाभ मिल्नेछ।

धनु : सोचेका काम पूरा हुनेछन्। शिक्षा, स्वास्थ्य, राजनीति र सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। गणेश भगवानलाई दुबो चढाएर अघि बढे सफलता मिल्नेछ।

मकर : धार्मिक, आर्थिक, सामाजिक, राजनीति क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेममा धोका हुनेछ।

कुम्भ : पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए नतिजा राम्रो मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक नतिजा मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

मीन : आफ्नाबाट सहयोग नमिलेपनि बाहिरबाट सहयोग मिल्नेछ। अरु क्षेत्रमा दैनिकी राम्रो छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ५ : ५२ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने