चेन्नईलाई हराउँदै राजस्थान बन्यो प्लेअफ पुग्ने तेस्रो टोली « Khabarhub

चेन्नईलाई हराउँदै राजस्थान बन्यो प्लेअफ पुग्ने तेस्रो टोली


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ ।

शुक्रबार राति चेन्नईले दिएको १५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍ये । राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाए । चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १५० रन जोड्यो । चेन्नईका मोइन अलिले सर्वाधिक ९३ रनको इनिङ खेले । राजस्थानका युजभेन्द्र चाहल र ओबेड म्याककोएले समान २ विकेट लिए ।

जितसँगै राजस्थान १४ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई १४ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ । यस अघि प्लेअफमा लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स पुगिसकेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ७ : ०० बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले