साउदीको जेद्धामा ५५ नेपाली युवा अलपत्र, म्यानपावरले गरेन पहल « Khabarhub

साउदीको जेद्धामा ५५ नेपाली युवा अलपत्र, म्यानपावरले गरेन पहल



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करीब ६ महिनाअघि त्यहाँ पुगेका थिए ।

काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबको जेद्धास्थित युनियन कन्याक्टर नामको कम्पनीमा भनेर गएकाहरु म्यानपावरले सम्झौतामा उल्लेख गरेको कम्पनी नभेटेपछि अलपत्र परेका हुन् ।

‘हामीलाई म्यानपावरले युनियन कन्याक्टर भन्ने कम्पनीको लागि भनेर यहाँ पठाएको थियो, तर, यहाँ आएपछि सम्झौतामा उल्लेख गरिएको कम्पनी भेटिएन ,’ पिडितमध्यका एक सागर तामाङले भने, ‘अर्कै कुनै एक कम्पनीमा केही साथीहरूलाई तीन महिना जति काममा लगायो, कोही साथीहरुले यहाँ आएको ६ महिना भयो एक दिन पनि काम गर्नुभएको छैन।’

तीन महिना काम गरेकाहरुले पनि तलब नपाएको र पछिल्लो तीन महिनादेखि क्याम्पमै बसिरहेको उनीहरूले बताएका छन् । लामो समयदेखि कामविहीन भएर बस्नुपर्दा खानाको लागि पैसा नभएकोले कति दिन भोकै बस्नु परेको उनीहरूले दुखेसो पोखे ।

आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल भएको छैन । जेद्धामा रहेको नेपाली महाबाणिज्य दूतावासका प्रतिनिधिहरुले पनि उनीहरुलाई भेटेर सहयोग गर्ने आश्वासन दिए तर पुरा गरेनन् ।

म्यानपावरको जवाफ यस्तो छ
पिडितहरुसँगको कुराकानीमा यात्रा सोलुशन प्रालिका प्रतिनिधि भनिएका इमान लामाले असभ्य भाषामा पहिले काम गरेको कम्पनीले पनि तलब दिएको र अहिले कामविहीन भएर बसेको बेला पनि तलब दिने बताएका छन् । म्यानपावरका सञ्चालक भनिएका दिनेश केसीलाई खबरहबले सम्पर्क गर्दा भने केही बोल्न चाहेनन् ।

उनले काम गर्न गएकाहरुलाई नियमित काम गर्न सुझाएका छन् । पिडितहरुले भने म्यानपावरका सञ्चालक दिनेश आफूहरुसँग कुरा गर्न समेत तयार नभएको उनीहरुको आरोप छ । म्यानपावरले सहयोग नगरेको कारण बाध्य भएर मिडिया जान परेको बताएका छन् ।

पछिल्लो केही दिनअघि समस्यामा परेको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि खाद्यान्नलगायत राहत सामाग्री आउन थालेको उनीहरूले बताएका छन् ।

हातेमालो युवा क्लबको सहयोग 

जेद्धामा ५५ नेपाली युवा अलपत्र परेको जानकारी पाएपछि हातेमालो युवा क्लब टिमलगायत अन्य विभिन्न सहयोगी दाताहरुले राहत स्वरूप खाद्यान्न सहयोग गरिरहेका छन् ।

विदेश पुगेर समस्यामा पर्नुभन्दा जानु पूर्व नै काम गर्ने कम्पनी, सेवा सुविधा, आउन सक्ने चुनौती आदीबारे बुझेर मात्र गए यस्ता समस्या भोग्नु नपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन्।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ९ : २० बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा