संघले मनायो ‘चलचित्र पत्रकारिता दिवस’  « Khabarhub

संघले मनायो ‘चलचित्र पत्रकारिता दिवस’ 


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । २३ वर्ष पुरा गरेर २४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चलचित्र पत्रकार संघले क्यालेन्डर सार्वजनिक गर्दै मनाएको छ ।

संघले आफ्ना सम्पूर्ण सदस्यसँग मात्र यसपटकको स्थापना दिवस मनाएको चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले बताएका छन् । ‘हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा वार्षिकोत्सव यसपटक स्थानीय तहको निर्वाचनका कारण स्थगन गर्नुपरेको हो । विगत दुई वर्ष यता कोरोना महामारीका कारण स्थगित हुँदै आएको सम्मान तथा पुरस्कार आउँदो असार ४ गते एक समारोहको आयोजना गर्दै वितरण गर्ने छौँ’ अध्यक्ष सिटौलाले बताए । उनले चलचित्र पत्रकारिता अझै अनुशासित र मर्यादित हुनुपर्ने भनाइ समेत राखेका छन् । 

‘माध्यम फरक भएता पनि हामीले गर्ने पत्रकारिता नै हो । हाम्रो प्रस्तुतिले फैल्याउने चेतनासँगै पार्ने असरको बारेमा पनि हामी गम्भीर हुनुपर्छ’ उनले भने । उनले संघले आगामी दिनमा योजना अनुसार कार्य गर्दै अगाडि बढ्ने बताए । कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष बैकुण्ठराज पराजुली सहित संघका कार्यसमिति सदस्य र रंग पत्रकारहरूको उपस्थिति रहेको थियो । वि.सं. २०५६ साल जेष्ठ ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै आधारमा यस दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आइएको छ ।

 विक्रम संवत २०५९ सालबाट आफ्ना सदस्यहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले संघले सम्मान तथा पुरस्कार पनि सुरु गरेको थियो । चलचित्र पत्रकार संघ नेपालले वार्षिकोत्सवको अवसर पारेर क्यालेन्डर समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ३ : ३९ बजे

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा