इजरायली सेनासँगको झडपमा परी प्यालेस्टाइनी किशोरको मृत्यु « Khabarhub

इजरायली सेनासँगको झडपमा परी प्यालेस्टाइनी किशोरको मृत्यु


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायल अधिनस्थ वेस्ट ब्याङ्कको जेनिन शहर नजिक शनिबार भएको झडपमा एकजना प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ । 

इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्यालेस्टाइनी समाचार संस्था वाफाले मारिएका किशोरको नाम अमजद अल–फयद भएको बताएको छ । 

इजरायली सेनाले भने जेनिन शहरको उत्तरपश्चिममा रहेको काफ्रदान गाउँमा संदिग्धहरूले गुडिरहेको गाडीबाट आफूहरूमाथि गोली र विष्फोटक उपकरणबाट प्रहार गरेकाले जवाफी कारबाहीमा ती किशोर मारिएको स्पष्ट गरेको छ । 

वेस्ट ब्याङ्कस्थित जेनिन क्षेत्रमा सशस्त्र प्यालेस्टाइनी समूहहरूको केन्द्रमा गत महिनादेखि लगातार छापा मारिरहेको छ । संदिग्धहरूलाई पत्ता लगाउन जारी कारवाहीका क्रममा दैनिक घातक  झडपहरू भइरहेका छन् । 

यस्तै झडपमा कतारी टेलिभिजन च्यानल अल जजीराकी पत्रकार शिरिन अबु अक्लेहको हालै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ४ : ४९ बजे

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई