भारु २५ हजार रुपैयाँसम्मले बढ्यो टाटा मोटर्स गाडीको मूल्य « Khabarhub

भारु २५ हजार रुपैयाँसम्मले बढ्यो टाटा मोटर्स गाडीको मूल्य


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ। कम्पनीले यसको प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो। हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दो छ। यसो हुँदा सावरी साधन निर्माणको खर्च पनि बढ्छ। त्यसैले कम्पनीकाअनुसार सवारी साधन बिक्री मूल्य समेत बढाउनुपर्ने आवश्यकता परेको हो।

टाटा मोटर्सले भारतीय बजारमा गत अप्रिल २३ देखि लागू हुनेगरि आफ्नो गाडीहरूको बिक्री मूल्य बढाएको छ। त्यसमध्ये प्यासेन्जर भेइकल (गाडी) को मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढाएको छ। कम्पनीले यसभन्दा अघि गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो। यसर्थ, सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रो पटक हो। टाटा मोटर्सले यसपटक नेक्सन ईभीको मूल्य भने भारु २५ हजार रुपैयाँले बढाएको छ। भारतीय बजारमा टाटा मोटर्सको उत्पादनमध्ये टियागो, पन्चह्यारिअर लोकप्रिय छन्।

नेपालमा भने टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ को टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सन ईभी र टिगोर ईभी उपलब्ध छ। यी गाडीहरूको माग बजारमा राम्रो रहेको छ।

भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपालमा पनि गाडीको मूल्य बढ्ने अनुमान लगाउन सकिन्छ। यसबाहेक कम्पनी नेपालीबजारको लागि नयाँ नेक्सन ईभी विशेष संस्करण (स्पेसल एडिसन) सार्वजनिक गर्ने तयारीमा छ। यो नयाँ विद्युतीय नेक्सनको बाहिरी र आन्तरिक डिजाइन पनि परिवर्तन र पृथक हुने बताइएको छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ३३ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै