निःशुल्क शौचालय प्रयोग गर्न दिने ३३ संघसंस्थासँग काठमाडौँ महानगरको सम्झौता (सूचीसहित) « Khabarhub

निःशुल्क शौचालय प्रयोग गर्न दिने ३३ संघसंस्थासँग काठमाडौँ महानगरको सम्झौता (सूचीसहित)


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र २५० वटा शौचालय सञ्चालनमा आउने भएको छ । त्यसका लागि ३३ वटा संघ संस्थासँग काठमाडौँ महानगरपालिकाले सम्झौता गरेको छ। बैङ्क, रेस्टुरेन्ट, स्कूल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३३ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो ।

महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नुरनिधि न्यौपाने र ती संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् ।

सम्झौता आउँदो ५ वर्षका लागि हो । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोक्नेछ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् । महानगर क्षेत्रभित्रका होटेल, रेस्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो ।

प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए । तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेकामध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन नसकेको महानगरपालिकाले जनाएको छ ।

सम्झौता गरिएका संघ संस्थाहरू
१)    टायम्स स्क्वायर, लज एण्ड बार, बालुवाटार
२)    पशुपति भ्यु होटेल एण्ड रेस्टुरेन्ट, बालकुमारी टोल
३)    डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४)    देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत
क)    पिजा हट, वडा नं. १ दरबारमार्ग
ख)    केएफसी,  वडा नं. १ दरबारमार्ग
ग)    केएफसी,  वडा नं. ६ बौद्ध
५)    डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६)    होटेल रत्नज्योती, पेरिसडाँडा
७)    नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल
८)    खानेकुरा प्रा. लि., गौशाला
९)    सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
१०)    बेबिलोन नेशनल स्कूल, शान्तिनगर
११)    ओटिसी किचेन रेस्टुरेन्ट, बालुवाटार
१२)    नेपालय पब्लिकेसन, डिल्लीबजार
१३)    बसुन्धरा एण्ड गोङ्गबु एरिया रेस्टुरेन्ट, बसुन्धरा
१४)    गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५)    घराना लञ्च एण्ड बार, बानेश्वर
१६)    कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७)    सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८)    नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक
१९)    आरडीएक्स बार प्रा. लि. ठमेल
२०)    नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१)    कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२)    बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२)    नेशनल बिजनेस ट्रेड सेन्टर, कलंकी
२३)    सांग्रिला डिपलपमेन्ट बैंक, बालुवाटार
२४)    बिन्का लङ्, छाउनी
२५)    प्रोग्रेसियो विस्ट्रो पिबीज रेस्टुरेन्ट, बौद्ध
२६)    मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी
२७)    क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८)    बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९)    अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०)    रिट्रिप क्याफे, बौद्ध
३१)    चिकेन स्टेशन
३२)    स्तुपा हब, बौद्ध
३३)    नवील बैंक

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : २९ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न