‘सिल्ली फो’ : चार पात्रको संघर्ष (भिडियो) « Khabarhub

‘सिल्ली फो’ : चार पात्रको संघर्ष (भिडियो)


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सिल्ली फो अर्थात् चार जना मूर्ख नाम राखिएको फिल्ममा चार जना पात्र छन् जो संघर्ष गर्दा समाजबाट मूर्ख ठहरिन्छन् । आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्मका कलाकारहरू केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, धीरेन शाक्य, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईँ, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, रेजिना थापा लगायतले अभिनय गरेका छन् ।

साइरम पिक्चर्स मार्फत सार्वजनिक भएको ट्रेलरमा फिल्मको कथासार प्रस्ट्याउने कोसिस गरिएको छ । केकीले करिअर स्थापित गर्न संघर्षशील अभिनेत्रीको भूमिका फिल्ममा निर्वाह गरेको बताएकी छिन् । ‘मैले करिअरका लागि गर्ने संघर्ष , त्यसक्रममा भोग्ने भोगाइलाई भोगेको युवतीको भूमिका निर्वाह गरेकी छु । यो कथावस्तु संघर्षशील हरेकको जीवनसँग मिल्छ । यसको केही घटनाक्रम मेरो जीवनसँग पनि जोडिएका छन्’ केकीले भनिन् । भोगिरहेको र देखिएको समस्यालाई नै भूमिका काम गर्न सहज भएको केकीले बताइन् ।

कलाकार रविन्द्र झाले पनि फिल्मको पात्र मार्फत प्रस्तुत गरेको समस्या हाम्रै गाउँ सहरको रहेको बताए । ‘यो फिल्मको पात्र र त्यसको बनोट हाम्रै समाजबाट प्रभावित छ’ झाले भने । फिल्मको कथासारको विषयमा जानकारी गराउँदै निर्देशक राज बहादुर सानेले दैनिकीमा जुध्ने समस्यालाई फिल्ममा देखाइएको बताए । ‘कमेडी विधामा आएको छ’ । 

मैले हाम्रै समाजमा घटेको घटनाक्रम र पात्रलाई फिल्म मार्फत देखाउने कोसिस गरेको छु’ निर्देशक सानेले भने । फिल्ममा  मनोज डीके फिल्मका निर्माता हुन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ३४ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न