निर्वाचन आयोगले रवि लामिछानेको दल दर्ता गर्न नहुने सूर्य थापाको तर्क « Khabarhub

निर्वाचन आयोगले रवि लामिछानेको दल दर्ता गर्न नहुने सूर्य थापाको तर्क


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न नहुने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्न नहुने टिप्पणी गरेका हुन् । आजै सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा लामिछानेले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिइसकेका छन् ।

कानुनत स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार रहेको भन्दै थापाले व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको धारणा राखे ।

तर, यस्तो अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित रहेको उनको टिप्पणी छ । स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नु नहुने उनको तर्क छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : ४४ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न