विश्वभर ५७ करोडमा कोरोना पुष्टि : २४ घण्टामा साढे सात लाखमा संक्रमण « Khabarhub

विश्वभर ५७ करोडमा कोरोना पुष्टि : २४ घण्टामा साढे सात लाखमा संक्रमण


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५७ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ७ लाख ५५ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ करोड ४ लाख नाघेको हो।

अहिलेसम्म सङ्क्रमण पुष्टि भएका मध्ये ५४ करोड १४ लाख निको भएका छन्। २४ घण्टामा मात्रै ६ लाख ९८ हजार सङ्क्रमित निको भएको वल्डोमिटरले जनाएको छ।

२४ घण्टामा १४ सयभन्दा धेरैको मृयु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६३ लाख ९३ हजारभन्दा धेरै भएको छ।

अझै २ करोड २५ लाख सक्रिय सङ्क्रमित रहेकामा ४० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ। पछिल्लो समय विश्वभर संक्रमण बढ्दै गएको छ। त्यसको प्रभाव नेपालमासमेत देखिन थालेको छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ६ : २१ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द