बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध, यातायात सेवा अवरुद्ध « Khabarhub

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध, यातायात सेवा अवरुद्ध


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए । गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए ।

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ७ : ४४ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द