प्रचण्ड-बाबुराम भेटवार्ता हुँदै « Khabarhub

प्रचण्ड-बाबुराम भेटवार्ता हुँदै


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) पुन: भेटवार्ता हुने भएको छ।

जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि भट्टराईले प्रचण्डसँग आज दोस्रो भेट गर्न लागेका हुन् । मंगलबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा उनीहरुबीच एक घण्टा छलफल भेटवार्ता भएको थियो।

भट्टराईले नयाँ पार्टी खोल्ने या माओवादीमा समाहित हुने भन्नेमा छलफल भइरहेको नेताहरुले बताएका छन् । सोही दिन प्रचण्डले तत्कालीन नेकपाका सचिवालय सदस्यहरू प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए।

त्यसअघि पनि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा प्रचण्ड-बाबुरामबीच छलफल भएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : १७ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,