उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फर्छ्योट « Khabarhub

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फर्छ्योट


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८-७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । आव २०७८-७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फर्छ्योट गरिएको थियो ।

अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७-७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आव २०७८-७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फर्छ्योट गरिएका थिए । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ७२२ र आव २०७८-७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फर्छ्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ । आव २०७८-७९ मा सरल किसिमका १२२, सामान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्ने-डिसीएम लागू हुनुपूर्वका ७४७ मुद्दा फर्छ्योट भएका छन् ।

आव २०७७-७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फर्छ्योट गरेको थियो भने आव २०७६-७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फर्छ्योट गरेको थियो । सो अदालतले आव २०७५-७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फर्छ्योट गरेको थियो ।

कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षितरूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्यन्यायाधीश विनोद शर्माले बताए । अघिल्लो आवको तुलनामा यस वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : २६ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द