एजेन्डामा प्रवेश नगर्दै बैठक स्थगित भनेर हिँडे अध्यक्ष नेम्वाङ | Khabarhub Khabarhub

एजेन्डामा प्रवेश नगर्दै बैठक स्थगित भनेर हिँडे अध्यक्ष नेम्वाङ


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा करिब दुई घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितिका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिँडेको स्रोतले बताएको छ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएपछिको पहिला कार्यसमिति  बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र कोषअध्यक्षमा क्रमशः किरण राई, नवीन पाँडे र रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

प्रक्रिया पूरा नगरी नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएपछि अहिले त्यो निर्णय सच्चाउन खोजिएको कार्यसमितिका एक पदाधिकारीले बताए ।

आजको बैठकले सिइओ, तीन सहमहासचिव र प्रवक्ता नियुक्तीसँगै नेपालमा हुने तय भएको महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग (एनएसएल)को बारेमा निर्णय लिने बताइएको थियो ।

यसअघि सोमबार नेम्वाङ अचानक बिरामी  परेको भन्दै बैठक स्थगित भएपछि बैठक आजलाई बोलाएको हो ।
-न्युजकारखानाबाट

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ११ : ४४ बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि