गण्डकी सरकार अनुदान दिन्छ, फर्केर हेर्दैन « Khabarhub

गण्डकी सरकार अनुदान दिन्छ, फर्केर हेर्दैन


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकारले मनाङ, मुस्ताङ र उत्तरी गोरखालाई स्याउ सुपरजोन बनाउने गरी बर्सेनि करोडौँ लगानी गर्दै आएको छ । किसानलाई स्याउको बिरुवामा अनुदान दिएर हजारौँ बोट स्याउ विदेशबाट ल्याएर वितरण गर्ने गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा २६ हजार ३ सय ७८ बोट स्याउ इटालीबाट ल्याएर मुस्ताङमा वितरण गरियो । २ करोडभन्दा बढी मूल्यको बिरुवा वितरण गरिएको हो । तर प्रदेशले दिएको अनुदानबाट स्याउ कति रोपिएको छ, उत्पादन भए नभएको जाँच भने गरिएको छैन ।

महालेखा परीक्षकको प्रतिवेदनले अनुदान मात्रै दिने तर अनुदानको प्रगति अनुगमन नगर्ने भएकोले अनुगमन गर्न सुझाव दिएको छ । सोही वर्ष प्रदेश कृषि विकास निर्देशनालयले १६ कृषि सहकारी संस्था कृषक समूहलाई विभिन्न परियोजनाका लागि १६ करोड ४३ लाख ३६ हजार अनुदान दिएको देखिन्छ । तर, त्यसको प्रगति प्रतिवेदन अहिलेसम्म बुझाइएको छैन । कृषि उपजको प्रशोधन, उद्योगको स्थापना, बिउ प्रशोधन केन्द्र निर्माण लगायत क्षेत्रमा लगानी गरिएको हो ।

यस्तै, कतिपय योजनामा दोहोरो अनुदान दिएको पाइएको छ भने कतिपयमा निर्णय गरेभन्दा बढी भुक्तानी दिएको छ । सहकार्यमा बधस्थल निर्माण, पशुहाट स्थापना, कोल्डस्टोर र कोल्डरुम निर्माण लगायत शीर्षका सम्झौताभन्दा बढी रकम निकासा दिएको हो । ७ लाख ४० हजार रुपैयाँ बढी भुक्तानी गएकोमा उक्त रकम असुल गर्न भनिएको छ । मुख्यमन्त्री जलवायूमैत्री कृषि गाउँ बनाउनका लागि थप १६ करोड ६७ लाख अनुदान वितरण गरिएको छ । तर, अनुदान दिइएका समूह र संस्थाहरू दर्ता नै नभएको भेटिएको छ ।

३६ वटा दर्ता विनाका संस्थालाई अनुदान दिइएको पाइएको हो । एकै संस्थालाई  अनुदान दिँदा त्यसको उपलब्धिको मूल्याङ्कन सरकारले गरेको छैन । मलेपले जथाभावी दिने अनुदानमा अंकुश लगाएको छ । यस्तै, विभिन्न जिल्लामा जग्गा चक्लाबन्दी गर्दा सरकारले समूहलाई बढी भुक्तानी दिएको भेटिएको छ । ४ जिल्लामा गरिएको चक्लाबन्दीमा ६० लाख ५७ हजार रुपैयाँ बढी भुक्तानी गएको हो । उक्त कार्यक्रम उपभोक्ता समितिमार्फत गराएकोमा पनि मलेपको प्रश्न छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको