नारायणस्थान डाँडामा बुद्ध मूर्ति « Khabarhub

नारायणस्थान डाँडामा बुद्ध मूर्ति


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको सबैभन्दा अग्लो ठाउँ बेथानचोक गाउँपालिका–३ स्थित पर्यटकीयस्थल नारायणस्थानको चिप्लेटी डाँडामा बुद्धको मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणको समन्वयमा सो मूर्ति स्थापनासँगै बुद्धपार्क परिसरमा वृक्षरोपणसमेत गरिएको छ  । पर्यटकीय क्षेत्र बेथानचोकको नारायणस्थान डाँडामा स्थापना भएको बुद्धको मूर्तिले त्यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 

उक्त गण स्थापनाको २१८औँ वार्षिकोत्सवको अवसरमा  स्थापना गरिएको उक्त मूर्ति उद्घाटन गर्दै २६ नं बाहिनीका प्रमुख सहायक रथी ज्योतिन्द्र महतले भौतिक विकासबाट राष्ट्रको समग्र विकासमा टेवा पुग्ने भएको र मूर्ति स्थापनाले पनि यहाँको आयस्रोत बढ्ने बताए । धार्मिक पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको नारायणस्थानडाँडा महाभारत क्षेत्रकै सबैभन्दा अग्लो स्थान भएकाले पनि पालिका र नेपाली सेनाबीचको सहकार्य र समन्वयबाट निर्माण भएको बुद्ध प्रतिमाले अझ थप टेवा पुग्ने उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बुद्ध मूर्ति स्थापनाले धार्मिक तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । पालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नारायणस्थानडाँडामा यसअघि पनि पालिकाको सहयोगमा भौतिक संरचना निर्माण भएको र अहिले निर्माण भएको बुद्ध मूर्तिले बेथानचोक नारायणस्थानको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उल्लेख गरे ।

समुद्री सहतबाट तीन हजार १८ मिटरको उचाइमा रहेको नारायणस्थान डाँडाबाट थरिथरिका चराचुरुङ्गीको आवाजसँगै उपत्यका, काभ्रेपलाञ्चोक तथा आसपासका जिल्ला र तराईका फाँट र हिमाल अवलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ३ : ०६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच