सिन्हाले दिए नवनिर्वाचित राष्ट्रपति मुर्मूलाई बधाई « Khabarhub

सिन्हाले दिए नवनिर्वाचित राष्ट्रपति मुर्मूलाई बधाई


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय राष्ट्रपतिमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु विजयी भएकी छिन् ।

भारतमा सोमबार सम्पन्न राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतगणनाको तेस्रो चरणको मतपरिणाम आएसँगै द्रौपदी विजयी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् । तेस्रो चरणको मतगणना सकिँदासम्म मुर्मुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याइसकेको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले जनाएको छ ।

यस्तै राष्ट्रपति चुनावमा पराजित भएका विपक्षी उम्मेदवार यशवन्त सिन्हाले हार स्वीकार्दै द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् ।

पराजित भएलगत्तै ट्वीटरमार्फत उनले बधाई दिएका हुन् । उनले राष्ट्रपतिको रुपमा भारतको संविधानको रक्षकको भूमिका कुशलतापूर्वक निभाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ३६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल